यो कविता अमेरिकाको न्यूयोर्क शहरमा रहेको 'स्ट्याचु अफ लिबर्टी'स्वतन्त्रताको मूर्तिको बारेमा लेखिएको हो। सन् १८८३ मा एम्मा लाजारसले लेखेको यो कविता आज संसारभर स्वतन्त्रता, आशा र मानवीय करुणाको प्रतीकको रूपमा चिनिन्छ। यश कवितामा स्वतन्त्रताको मूर्तिलाई यहाँ एउटी आमाको रूपमा चित्रण गरिएको छ, जसले संसारभरका पीडित र आश्रय खोज्नेहरूलाई स्वागत गर्छिन्। यो कविताले मानिसको मर्यादा र स्वतन्त्रताको महत्त्व बारे बताउँछ।